कास्की । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले पदभार ग्रहण गरेका छन् ।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा हिजो नियुक्त हुनुभएका गाहामगरले बुधाबार पदभार ग्रहण गरेका हुन् ।
मन्त्री गाहामगरले पदभार ग्रहण गर्दै मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने शान्ति सुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान ब्यूरो लगायतका कार्य जिम्मेवारसँग सम्बन्धित विषयमा आवश्यक कानून, कार्यविधि, निर्देशिका आदिको पहिचान गरि मस्यौदा तर्जुमा प्रक्रियालाई अगाडी बढाउने निर्णय गरे ।
मन्त्री गाहामगरले पदभार ग्रहणसँगै मन्त्रायल परिसरमा वृक्षारोपण र गण्डकी प्रदेशका सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाटसमेत गरेका थिए ।
पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीले मंगलबार मन्त्रालयलाई पूर्णता दिएका दिएका थिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते