क्रोएसिया पठाईदिन्छु भन्दै पीडितहरूबाट साढे आठ लाख ठगी गरेका बस्नेत पक्राउ

क्रोएसिया पठाईदिन्छु भन्दै पीडितहरूबाट साढे आठ लाख ठगी गरेका बस्नेत पक्राउ

thagi

काठमाडौं। वैदेशिक रोजगारी दिलाउने वहानामा पीडितहरू बाट लाखौँ रकम उठाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले सोमबार साँझ एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका -९ घर भई काठमाडौं महानगरपालिका -९ सिनामंगल बस्दै आएका २९ वर्षीय साहिल बस्नेत रहेका छन्।

बस्नेतले वैदेशिक रोजगारीमा क्रोएसियाको प्रतिष्ठित कम्पनीमा फुडप्याकिङको काममा लगाईदिने र जसवापत मासिक तलव १ लाख भन्दा बढी कमाई हुने भन्दै प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भनी प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएको छ।

बस्नेतले ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds