पोखरा । आजदेखि शहीद सप्ताह कार्यक्रम सुरु भएको छ । आजदेखि आउँदो सोमबार माघ १६ गतेसम्म विविध कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ ।
देश र नागरिकको मुक्तिका लागि जीवन बलिदान गर्ने शहीदहरुको सम्झनामा काठमाण्डौको शहीदगेटमा शहीद गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको शालिकमा माल्यार्पण गरिने छ भने र टेकुको पिपलबोटमा रहेको शालिकमा पनि माल्यार्पण गरिन्छ ।
जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनमा होमिँदा विसं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । त्यसै घटनालाई स्मरण गर्दै विसं २०१२ सालदेखि हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने गरिएको छ । केही वर्षयतादेखि भने शहीदहरुको सम्झनामा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् ।
नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापाको तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते