पोखरा । नेपाली कांग्रेसनिकट नेपाल राष्ट्रिय मगर संघको दोस्रो गण्डकी प्रदेश अधिवेशन यही माघ १४ गते हुने भएको छ । दोस्रो अधिवेशनको तयारी तीव्र बनाइएको प्रदेश सभापति पदमबहादुर पुनले जानकारी दिए ।
यसअघि, पटक पटक मिति घोषणा भएर पनि स्थगित हुँदै आएको राष्ट्रिय मगर संघको प्रदेश अधिवेशन यसपटक माघ १४ गते शनिबार हुने भएको हो । अधिवेशनको उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सभापति पुनले जानकारी दिए । पुनका अनुसार अधिवेशनलाई सम्बोधन गर्न पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारी, गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेलगायतका नेताहरूको उपस्थिति रहनेछ ।
अधिवेशनमा १० जिल्लाका झण्डै पाँच सय प्रतिनिधि सहभागी हुने संघका कास्की जिल्ला सभापति महावीर थापाले जानकारी दिए । जसमा प्रत्येक गाउँपालिकाबाट १ महिला र २ पुरुष, नगरपालिकाबाट २ महिला र ३ पुरुष प्रतिनिधि सहभागी हुनेछन् । पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने अधिवेशन अघि लखनचोकमा रहेको नेपालका प्रथम शहीद कप्तान लखन थापामगरको शालिकमा माल्र्यापण गरी मगर संस्कृति झल्किने झाँकीसहितको ¥याली समेत निकालिने थापाले बताए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते