पोखरा । बागलुङ–पोखरा मगर समाजले गण्डकी प्रदेशसभाकी नवनिर्वाचित उपसभामुखदेखि नेपाल सरकारका उपसचिवसम्मलाई शनिबार सम्मान गरेको छ ।
समाजले माघे सकरातीको सन्दर्भमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उपसभामुख विनाकुमारी थापामगर, गण्डकी प्रदेशसभाका सदस्यहरू दीपेन्द्रबहादुर थापामगर र कुसुम बुढामगर तथा गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार, नेपाल सरकारका उपसचिव रमेश घर्तीमगरलाई सम्मान गरेको हो ।
कार्यक्रममा समाजले कक्षा १२ उत्तीर्ण मगर विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई समेत सम्मान गरेको थियो । सम्मानित व्यक्तित्वहरूलाई सम्मान गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष एवं संविधानसभा सदस्य गोकुल घर्तीमगरले मगर जातिको भाषा, संस्कृति र भेषभूषा जोगाउन युवा पुस्ताले विशेष ध्यान दिनुपर्ने बताए ।
भेग अनुसार संस्कार, संस्कृति फरक हुने गरेको भन्दै उहाँले मौलिक पहिचान जोगाउन सके मात्र जातीय अस्तित्व कायम रहन सक्ने धारणा व्यक्त गर्नुभयो । माघे सकरातीलाई मगर समुदायले फरक विशेषताका साथ मनाउने गरेको बताउँदै घर्तीमगरले मानव समुदायको उत्पत्तिसँगसँगै यस पर्वको सम्बन्ध रहेको समेत उल्लेख गरे।
गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापामगरले आफ्नै जिल्लाबासीको समाजमा सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै उनले सम्मानले समाज र देशप्रति जिम्मेवार भएर काम गर्न हौसला मिलेको उल्लेख गरे । त्यस्तै, गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापामगरले जो जहाँ रहेपनि एक भएर अघि बढे मात्रै मगर समुदायको अधिकार स्थापित गर्न सकिने भन्दै भाषा, संस्कृति र भेषभूषा संरक्षण अहिलेको सर्वाधिक चासोको विषय भएको धारणा व्यक्त गरे । अर्की गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढामगरले आफूले मगर समुदायको मुक्तिको लागि लामो संघर्ष गरेर आएको भन्दै अब नीति निर्माण तहबाट मगर समुदायलगायत उत्पीडित वर्ग, समुदायको लागि काम गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा नेपाल मगर संघका उपमहासचिव खेम पुनमगर, गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्तीमगर, नेपाल मगर संघका केन्द्रीय सदस्य हर्क आलेमगर, बागलुङ समाज पोखराका अध्यक्ष डिल्लीप्रसाद शर्माले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सु.मे. चन्द्रबहादुर थापामगर, सचिव रूद्रबहादुर श्रीसमगरले पनि बोलेका थिए । कार्यक्रममा बागलुङ घुम्टे मगर समाज, पोखराको तर्फबाट सोरठी नृत्य प्रस्तुत गरिएको थियो भने नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी सचिव एवं चर्चित लोक तथा दोहोरी गायिका वसन्ती थापामगर, गायक रामचन्द्र थापामगर र सञ्जय पुनमगरले सांगीतिक प्रस्तुती राखेका थिए । त्यसैगरी, कलाकारहरू बलबहादुर श्रीसमगर, सविना घर्तीमगर र विनिषा श्रीसमगरले नृत्य प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने