बुद्ध एअरले २५ वर्ष पुरानो जहाज क्यानडाको कम्पनीलाई बेच्यो

बुद्ध एअरले २५ वर्ष पुरानो जहाज क्यानडाको कम्पनीलाई बेच्यो

budda

काठमाण्डौ। बुद्ध एयरले २५ वर्ष पुरानो विमान क्यानडाको कम्पनीलाई बिक्री गरेको छ । अहिलेसम्म ७५ हजार उडान अवतरण भइसकेको विमान क्यानडाको कम्पनीले खरिद गरेको हो ।

बुद्ध एयरले एटिआर विमानमात्रै उडाउने निर्णय गरेपछि बिचक्राफ्ट कम्पनीले १९ सिटे विमान बिक्री गर्ने निर्णण गरेको कम्पनीका प्राविधिक निर्देशक मंगेश थापा जानकारी दिए ।

‘विमान पुरानो हुने भए २५ वर्ष सञ्चालन भएको विमान क्यानडा जस्तो देशमा बिक्री हुने थिएन, नेपालमा बरु १५ वर्ष भन्दा पुराना विमान ल्याउन नमिल्ने व्यवस्था छ,’ थापाले भने, ‘विमानको पार्टपुर्जा नियमित मर्मत सम्भार हुने भएकाले पुराना हुँदैन । क्यानडाबाट आएका प्राविधिकले बि १९०० डि विमान हेरेका थिए । उनीहरुले विमान उडान योग्य भन्दै खरिद गरेर लगेको थापाले जानकारी दिए ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ