नवौं सभामुखका रुपमा देवराज घिमिरे निर्वाचित

नवौं सभामुखका रुपमा देवराज घिमिरे निर्वाचित

debraj-ghimire

काठमाडौं । सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन् ।

बिहीबार प्रतिनिधि सभामा सभामुख चयनका लागि भएको मत विभाजनमा गठबन्धनतर्फबाट एमाले सांसद घिमिरे निर्वाचित भएका हुन् ।

घिमिरेले २६८ उपस्थित प्रतिनिधि सभा सदस्यमध्ये १६७ को मत पाएका थिए । उनको विपक्षमा १०० मत दिएका थिए । १ सांसदले भने दिन्न भन्ने पक्षमा मत दिएका छन् ।

घिमिरे नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा निर्वाचित भएका हुन् ।

यसअघि कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्नि सापकोटा सभामुख निर्वाचित भैसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds