लोकगायिका नीराको निधनमा आज देशभरका दोहोरी साँझ बन्द

लोकगायिका नीराको निधनमा आज देशभरका दोहोरी साँझ बन्द

Neera-Chhantyal

पोखरा । यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको निधनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आज देशभर शोक मनाउने भएको छ ।

प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले आज सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा भनिएको छ ।

छन्त्याल माघे संक्रान्ति पर्वको अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंबाट यति एयरलाइन्सको विमान मार्फत पोखरा प्रस्थान गरेकी थिइन् । २२ वर्षीया गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिष्ठानले सोमबार छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने समेत निर्णय गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ