जहाज दुर्घटना : हालसम्म ६८ शव फेला, ४ को अवस्था अझै अज्ञात, ३८ जनाको सनाखत

जहाज दुर्घटना : हालसम्म ६८ शव फेला, ४ को अवस्था अझै अज्ञात, ३८ जनाको सनाखत

Yeti (3)

पोखरा। आइतबार पोखरामा भएको जहाज दुर्घटनामा हालसम्म ६८ जनाको शव फेला परेको छ। घटनामा अझ ४ जना बेपत्ता छन्।

काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरको ७२ सिटे जहाज आइतबार ११ बजे पोखरामा दुर्घटना भएको हो। जहाजमा ६८ यात्रु र चालकदलका ४ सदस्य थिए।

दुर्घटना ग्रस्त जहाजबाट फेला पारिएका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ। प्रतिष्ठानका अुनसार अहिलेसम्म ३८ जनाको शव सनाखत भइसकेको छ।

सनाखत भइसकेको शवलाई पोस्टमार्टम गरी परिवार तथा आफन्तको जिम्मा लगाइनेछ। पहिचान भएको शवको पोस्टमार्टम पोखरामा नै हुनेछ। जसका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालबाट २ जना चिकित्सक झिकाइएको छ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल खटिएको छ । उद्धार टोलीले आइतबार साँझसम्म ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालेको छ ।

हालसम्म सनाखत भएका व्यक्तिहरुको विवरण यस प्रकार छ।

१ निशान्त आचार्य
२ संगिता शाही
३ डा. सुशिल श्रेष्ठ
४ डा. सोना दिवाकर
५ रिहान पौडेल
६ सदाकत अलिमिया
७ लक्ष्मी पौडेल
८ प्रसिद्धी पौडेल
९ अरुण पौडेल
१० पूर्ण कुमार गुरुङ
११ यु कोजो
१२ विजयकुमार गुरुङ
१३ रचना काफ्ले पौडेल
१४ रकि गुरुङ
१५ डा. गणेश थापा
१६ लक्ष्मी परियार
१७ रिता परियार
१८ हरि परियार
१९ एसमेन गुरुङ
२० पुजन थापा
२१ सिर्जना हुन्चिङ
२२ त्रिभुवन पौडेल
२३ मोहन प्रकाश श्रेष्ठ
२४ जरुरिज लिङ
२५ एलिना
२६ जिवनकला गुरुङ
२७ जमुना शर्मा
२८ शालिकराम आचार्य
२९ डा सु
३० बन्दना सुनार
३१ सिता गुरुङ
३२ निरा छन्त्याल
३३ अनुशा गुरुङ
३४ शिवकुमार गुरुङ
३५ राजुसिंह ठकूरी
३६ अनिल शाही
३७ पास्तल एलेक्स मण्डल
३८ क्याप्टेन कमल केसी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ