विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

sarbajanik bidako mag

पोखरा । सरकारले पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।

दुर्घटनमा जनधनको ठूलो क्षति भएको भन्दै सरकारले सोमबार देशभर बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

अत्यावश्यक बाहेकका सबै सेवा तथा कार्यक्रमहरु स्थगित गरिएको गृह मन्त्रालयले जनाएको छ ।

२५ औं राष्ट्रिय भूकम्प दिवसका कार्यक्रमहरु समेत स्थगित गरिएको छ । सोमबारका लागि निर्धारित परीक्षाहरु भने यथावत रूपमा सञ्चालन हुने जनाइएको छ ।

पोखरामा आइतबार भएको ९एन–एएनसी ७२ विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds