हेमजा । हेमजा सञ्चार सहकारी संस्था लि. पोखरा २५ हेमजाको १० औं साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा न। २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले हेमजा बासिको गौरवको संस्था रहेको बताउदै यसले हेमजा मात्र नभइ कास्कीलाई नै चिनाउने काम गरेको बताए। संस्था सञ्चालन गर्न सञ्चालक समितिको मात्र नभइ सम्पुर्ण सेयर सदस्यको संलग्न हुनुपर्ने उल्लेख गरे। कार्यक्रममा पुर्वसचिव एवं सल्लाहकार केशव शरण पौडेल र सेयर सदस्य रामप्रसाद अधिकारी लगाएतले बोलेका थिए।
कार्यक्रममा सचिव प्रकाश चन्द्र सापकोटाले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष कमलमणि त्रिपाठीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको थियो । लेखा समिति संयोजक बोधराज सापकोटाले प्रतिबेदन प्रस्तुत गर्दै लेखा परिक्षणको तर्फबाट संस्थाको कमि कम्जोरी प्रति सुझाव दिएका थिए।
उपाध्यक्ष नाारायण प्रसाद बाँस्तोलाले स्वागत गरि सुरु भएको कार्यक्रममा सहसचिव आरती अधिकारीले सहकारीको सात सिद्धान्त वाचन गरेका थिए।
संस्थाका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रकाश चन्द्र सापकोटाले गरेका थिए।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने