पोखरा । गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका छन् ।
शनिबार प्रदेशसभामा भएको निर्वाचनमा धितालले ३२ मत पाए । ६० सदस्यीय प्रदेशसभामा मतदानमा ५८ जना सहभागी भएका थिए ।
एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले सभा सञ्चालन गरेका थिए ।
धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेपछि ३२ संसदको मत सहित सभामुखमा निर्वाचित भएका हुन् ।
बैठकको सुरूमै सांसद फडिन्द्र देवकोटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अर्का सांसद रोशन गाह्रा मगरले सो प्रस्तावमा समर्थन गरेका थिए।
सभामुखमा नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारीले पनि उम्मेदवारी दिएकी थिइन् । तर उनी पराजित भइन् ।
धितालले शनिबार नै शपथ लिएका छन् । शनिबार दिउँसो सभामुखमा निर्वाचित भएसँगै बेलुका प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री खगराज अधिकारी उपस्थिति भएका थिए ।
धिताललाई एमालेका २१, माओवादीका ८, राप्रपाका दुई र एक स्वतन्त्र सांसद मनाङेले मतदान गरेका हुन् । शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीले ३१ सांसदको विश्वासको मत पाएका थिए ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने