गण्डकी प्रदेशमा सभामुख पदका लागि आज निर्वाचन हुँदै

गण्डकी प्रदेशमा सभामुख पदका लागि आज निर्वाचन हुँदै

Gandaki province hall

पोखरा । गण्डकी प्रदेशको सभामुख पदका लागि आज शनिबार निर्वाचन हुँदैछ ।

सभामुख निर्वाचनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) लाई सभामुख दिने सहमति भएको छ । सहमतिअनुसार सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र एक सदस्य छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ