पोखरा १५ को खेलकुद महोत्सव : सेमिफाइनल र फाइनल चरणका खेल शनिवार सम्पन्न हुने

पोखरा १५ को खेलकुद महोत्सव : सेमिफाइनल र फाइनल चरणका खेल शनिवार सम्पन्न हुने

Male-Volleyball

पोखरा -१५ मा जारी खेलकुद महोत्सवको तेस्रो दिन महिला भलिबल र आमा समूह बिचको रस्साकस्सी खेल सम्पन्न भएको छ।  पोखराको बन विज्ञान क्याम्पसको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत महिला भलिबलमा जन जागृति आमा समूह र रस्साकस्सी प्रतियोगितामा लक्ष्मीटोल आमा समूह विजयी बनेको छ।

पुरुष भलिबलतर्फ गलेश्वर युवा क्लब र तल्लो नयाँ गाउँ युवा क्लब फाइनलमा प्रवेश गरेको छ भने, पुरुष फुटबलमा तल्लो नयाँ गाउँ र प्रतिभा टोल सेमिफाइनलमा प्रवेश गरेको छ।

यस्तै, विद्यालय स्तरीय पुरुष फुटबलमा आजको खेलमा वेलनन एकेडेमीले नेपाल भारत मैत्री विद्यालयलाई ट्राई बेकरमा ३-१ ले पराजित गरेको छ।

शनिवार ५० वर्ष माथिकाको पुरुष दौड र महिलातर्फ ४० वर्ष माथिका आमा समूहको दौड लगायत फरक क्षमता भएका व्यक्तिहरू बिच व्हिल चियर दौड र बास्केटबल प्रतियोगिता हुनेछ। भने बाँकी खेल शनिवार नै सम्पन्न गरी पुरस्कार वितरण गरी प्रतियोगिता सम्पन्न हुनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ