पोखरा । नेपाल मगर संघ, कास्कीले मगर जातिको प्रमुख सांस्कृतिक चाड माघे सकरातीका अवसरमा आयोजना गरेको कास्की जिल्लास्तरीय अन्तर एकाइ ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ ।
बिहीबारदेखि पोखरा रंगशालामा सुरु हुने प्रतियोगितामा नेपाल मगर संघ, कास्की अन्तर्गतका ३७ एकाइ समिति र विभिन्न भ्रातृसंगठनका तर्फबाट सहभागिता रहने प्रतियोगिता संयोजक क्या. भक्तबहादुर पुनमगरले जानकारी दिए । प्रतियोगितामा महिला र पुरुषका विभिन्न स्पर्धा राखिएको समेत संयोजक पुनमगरले बताए ।
शुक्रबारसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संयोजक पुनमगरले जानकारी दिए । हरेक वर्ष मगर संघ, कास्कीले माघे सकरातीका अवसरमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्दै आएको सचिव रामबहादुर थापामगरले जानकारी दिए । सचिव थापामगरका अनुसार नेपाल मगर संघ, कास्कीले माघ १ गते माघे सकरातीका अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते