काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा २६८ सांसदले मत दिए भने विपक्षमा २ सांसदले मत पाएका हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, स्वतन्त्र सांसद अमरेष सिंह र योगेन्द्र मण्डलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए। भने, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक-एक सांसदले विश्वासको मत दिएनन्।
प्रचण्डलाई बहुमतका लागि १ सय ३८ मत आवश्यक थियो। प्रधानमन्त्रीको दाबी पेस गर्दै उनलाई १६९ सांसदको समर्थन रहेको थियो।
एमालेसहित सात दलको समर्थनमा पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार प्रचण्डले आज विश्वासको मत लिएका हुन्। सात दलको समर्थनमा तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते