इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प

earth_queak

पोखरा । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ ।

युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो ।

पृथ्वीको ९७ किलोमिटर गहिराइमा गएको यो भूकम्पको धक्का दुई हजार किलोमिटर टाढासम्म महसुस भएको थियो । भूगर्भविदहरुले भूकम्पका थप धक्का आउन सक्ने भन्दै सतर्क रहन सूचित गरेका छन् ।

भूकम्पले पुर्‍याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

यसअघि गत नोभेम्बर महिनामा इन्डोनेसियाको जाभा प्रान्तमा ५.६ म्याग्निच्युटको भूकम्प जाँदा ३१८ जनाको मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ