इन्धनको मूल्यसँगै घट्यो हवाई भाडादर

इन्धनको मूल्यसँगै घट्यो हवाई भाडादर

airport plane kathmandu

काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएसँगै हवाई भाडा समेत घटेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आइतबार निगमले इन्धनको मूल्य घटाएको थियो ।

गत बिहीबार प्रधानमन्त्री दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम जनतालाई राहत हुने गरी मूल्य समायोजन गर्न निर्देशन दिएका थिए ।

यो सँगै विभिन्न स्थानहरुको हवाई भाडा घटेको छ । काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई भाडाका लागि मात्र ८ हजार ३सय ९५ रुपैयाँ तिरिरहेको बेला ८ सय ८५ रुपैयाँ भाडा घटेर ७ हजार ५ सय १० रुपैयाँ पुगेको छ ।

यसैगरी बिराटनगरका लागि ४ सय ८५, जनकपुरका लागि २ सय ६०, भरतपुरका लागि २ सय १५, पोखराका लागि ३ सय २०, काठमाडौंबाट हुने माउन्टेन फ्लाइटका लागि ६ सय ८५ र काठमाडौंबाट भद्रपुरका लागि ६ सय रुपैयाँ भाडा घटेको छ ।

घटेको हवाई भाडा पुस २७ गतेदेखि लागू हुने वायुसेवा सञ्चालक संघले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds