महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता

dubera bepatta

सांकेतिक तस्विर

काठमाडौं । महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन्।

दार्चुलाको ब्यास गाउँपालिका–४ डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट बिहीबार बिहान तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको हो।

उक्त घटनाबारे शनिबार मात्र खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। खबर प्राप्त भएपछि स्थानीय प्रहरी टोली बालकको खोजीमा खटिएको छ।

बिहीबार बिहान बालककी आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेकी थिइन्। बालक पनि उनीसँगै गएका थिए । सोही क्रममा बालक तुइनबाट खसेर बेपत्ता भएका थिए।

बालक ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए।

यसै वर्ष गत असारमा पनि सोही ठाउँको तुइनबाट खसेर १८ वर्षीय युवक बेपत्ता भएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds