आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबलाई

आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबलाई

Sankata

पोखरा। निकै रोचक प्रतिस्पर्धाका बीच अमेरिकी टोली बीवाईएससीलाई ३-२ ले पराजित गर्दै २२ औं आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले उचालेको छ। पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा अमेरिकी टोली बीवाईएससीलाई पराजित गर्दै संकटाले उपाधि उचालेको हो। यसअघि संकटाले ०७७ मा पनि आहा रारा गोल्डकपको उपाधि उचालेको थियो ।

पहिलो हाफको सातौँ मिनेटमा संकटाका लागि सुरजज्यू ठकुरीले टोलीलाई अग्रता दिलाए। निशान खड्काको पोष्ट लक्षित लामो प्रहारलाई बीवाईएससीका गोल किपर तथा कप्तान पुजन थापा मगरले पन्च गरेर बचाउने प्रयास गरेकोमा ठकुरीले पुनः प्रहार गरेर जाली चुमाए। यस्तै, खेलको ३४ औं मिनेटमा संकटाले पाएको कर्नर बललाई सदुपयोग गर्दै सुनिल बलको प्रहारमा ओलामाउले गोल गरे ।

२-० ले पछि परेको बीवाईएससी दोस्रो गोल भएको तीन मिनेट पश्चात अर्थात् खेलको ३७ औं रेने स्यान्टिलनको गोलमा २-१ को नतिजा बनाउन सफल बन्यो। भने, ४७ औं मिनेटमा हेडरबाटै भुटनिजका विलिस ग्रिफिटले नतिजालाई २-२- को बराबरीमा ल्याउन सफल बने।
निकै रोमाञ्चक बनेको आजको खेलमा दर्शकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो।

दोस्रो हाफको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा संकटाका कप्तान सुनिल बलले गोल गर्दै टोलीलाई ३-२ गोल अन्तरको जित दिलाए। जितसँगै उपाधि उचालेको संकटाले १२ लाख प्राप्त गरेको छ भने, बीवाईएससीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ