बाग्लुङको निसीखोला गाउँपालिका अध्यक्ष घर्तीलाई साढे तीन वर्ष कैद फैसला

बाग्लुङको निसीखोला गाउँपालिका अध्यक्ष घर्तीलाई साढे तीन वर्ष कैद फैसला

Surya-bahadur-gharti

बाग्लुङ । बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई साढे तीन वर्ष जेल सजाय सुनाएको छ।

अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बाग्लुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए।

गाउँपालिकाको अघिल्लो कार्यकालमा निसीखोलाको वडा नम्बर ६ को अध्यक्ष रहेका घर्ती २०७७ असार १२ गते ८० किलो गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए।

सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds