पोखरा । भारतमा एकै परिवारका तीन जना नेपाली मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उनकी श्रमिती ३४ वर्षीया राधा र छोरी अञ्जली रहेका छन्।
चिसोबाट बच्न हिजो राति कोइला बालेर सुतेका उनीहरुको धुवाँले निसास्सिएर मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए। उनीहरु उक्त घरको तेस्रो तलामा बस्दै आएका थिए।
हिजो नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो । ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएका थिए । उपचारको लागि स्थानीय अस्पतालमा पु¥याउँदासम्म अञ्जलीको पनि ज्यान गएको समाचारमा उल्लेख छ।
मृतकको शवलाई पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे मृतकको परिवारलाई खबर गरिसकेको जनाइएको छ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते