पोखरा । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा आगलागीमा परी पूर्व वडाध्यक्षको मृत्यु भएको छ।
आइतबार राति ८ः४५ बजे आफ्नै घरमा आगलागी हुँदा भित्रै रहेका पूर्व वडाध्यक्ष ७१ वर्षीय सुरज गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
गुरुङ विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।
राति करिब ११ बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा स्थानीयले फेला परेका थिए।
मृतक गुरुङकै घरदेखि सुरु भएको आगलागीबाट उनको ढुंगोमाटोले बनेको टिनले छाएको दुई तले घर र टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रुपमा नष्ट भएको छ।
के कारणले आगलागी भएको भन्ने यकिन हुन सकेको छैन।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ