आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

bp

पोखरा। राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज शनिबार मनाइँदैछ । नेपाली कांग्रेस र उसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ ।

२०३३ सालको पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह लगायत शीर्ष नेता आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई कांग्रेसले मेलमिलाप दिवसको रुपमा मनाउने गरेको छ ।

नेपालमा प्रजातान्त्रिक गतिविधि गरेको आरोपमा भारतमा निर्वासित हुनुपरेका बेला तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी लगायत नेताहरुले गरेको व्यवहारप्रति असन्तुष्ट बन्दै कांग्रेस नेताहरु नेपालमै बसेर प्रजातन्त्रका लागि लड्ने घोषणासहित नेपाल फर्किएका थिए । तर कांग्रेस नेताहरुलाई पक्राउ गरी जेल चलान गरिएको थियो ।

यही दिनको सम्झनामा कांग्रेसले हरेक पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds