पिएन क्याम्पसमा सप्ताहव्यापी खेलकुद सम्पन्न, छात्र फुटबलमा व्यवस्थापन सङ्काय हाबी

पिएन क्याम्पसमा सप्ताहव्यापी खेलकुद सम्पन्न, छात्र फुटबलमा व्यवस्थापन सङ्काय हाबी

PN-Khelkud

पोखरा । पोखरा महानगरपालिका १ स्थित पृथ्वीनारायण क्याम्पसमा जारी अन्तर सङ्काय सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

पुस १० देखि सञ्चालन भएको प्रतियोगितामा १० विधाको खेल सञ्चालन गरिएको थियो । खेलकुद विधामा ७ खेल र अतिरिक्त क्रियाकलाप अन्तर्गत ३ खेल सञ्चालन गरिएको हो ।

अतिरिक्त क्रियाकलाप अन्र्तगत निबन्ध लेखनमा मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, विज्ञान सङ्कायका स्मृति सापकोटा द्वितीय र मानविकी सङ्कायका महेन्द्र पौडेल तृतीय भए ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत कविता लेखन तर्फ मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, शिक्षा सङ्कायका रोजिना घिमिरे द्वितीय, व्यवस्थापन सङ्कायको सम्झना सार्की, विज्ञान सङ्कायका विवेक सापकोटा तृतीय र कानुन सङ्कायका अभिषेक रेग्मी सान्तवना भएका थिए ।
वक्तृत्वकला तर्फ मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, कानुन सङ्कायका अमृत विश्वकर्मा द्वितीय र कानुन सङ्कायकै सौगात सुवेदी तृतीय भएको शोभाकान्त गौतमले जानकारी दिए ।

खेलकुद तर्फ फुटबल छात्रामा विएसी शिक्षा टिम प्रथम, विविए अन्जुको समूह द्वितीय र छात्रमा व्यवस्थापन सङ्कायका राहुलको समूह प्रथम र व्यवस्थापन सङ्कायका नै अशोकको समूह द्वितीय भए ।

बास्केटबल तर्फ छात्रामा विज्ञान सङ्कायका सोनालीको समूह प्रथम, व्यवस्थापन सङ्कायका अन्जुको समूह द्वितीय र छात्रमा व्यवस्थापनका पवनको समूह प्रथम, व्यवस्थापन सङ्कायका नै सुमनको समूह द्वितीय हुन सफल भए ।

भलिबल छात्रा तर्फ मानविकी सङ्कायका मायाको समूह प्रथम, शिक्षा सङ्कायका सस्मिताको समूह द्वितीय र छात्रमा शिक्षा सङ्कायका उमेशको समूह प्रथम र विज्ञान सङ्कायका मनोजको समूह द्धितीय भए ।

क्रिकेटतर्फ विज्ञान सङ्कायका सुरेशको समूहको प्रथम र व्यवस्थापन सङ्कायका भरतको समूह द्वितीय भएका भए ।

चेस (बुद्धिचाल) तर्फ छात्रामा अनुपमा लौडारीभाट प्रथम, रानी कुमारी द्धितीय र सम्झना चौधरी तृतीय र छात्रमा दिपेस खड्का प्रथम, सुमन पौडेल द्धितीय र दर्पण सापकोटा तृतीय भए ।

एथ्लेटिक्स तर्फ ५ किलोमिटर दौडमा छात्र तर्फ सन्जोक घर्ती प्रथम, विवेक तिलिजा द्धितीय , आकाश थापा तृतीय र छात्रामा अनिशा भण्डारी प्रथम, अन्जु गिरी द्धितीय र सुशिला शाही तृतीय हुन सफल भए ।

टेबुलटेनिस तर्फ एकल छात्रामा एलिस खड्का, आस्था केसी अनिता भण्डारी र समिक्षा पोखरेल र छात्र तर्फ पारस साही, समिर खत्री क्षेत्री, अमृृत विके र सन्दिप पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय भए ।

टेबुलटेनिस डबल छात्रामा आकृति थापा मगर र रोजिना थापाको समूह प्रथम, अनिता भण्डारी र समिक्षा पोखरेलको समूह द्वितीय, विनिता शर्मा र अनुपमा लौडरी भट्टको समूह तृतीय भए भने छात्र तर्फ मनोज बाग्ले र सन्दिप पौडेलको समूह प्रथम, पारस शाही र जनक न्यौपानको समूह द्वितीय र खुम बहादुर कार्की र सराजन क्षेत्री तृतीय भए भने अमृत विके र गौरव पौडेलको समूह सात्वना हुन सफल भए ।

त्रिविका आंगिक क्याम्पस मध्ये अब्बल क्याम्पसः रजिस्टार प्रा.डा. दाहाल

त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहालले पृथ्वीनारायण क्याम्पस पोखराकै उत्कृष्ट क्याम्पस भएको बताए ।

पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

‘क्याम्पसमा खेलकुद हुनु मानसिक चेतनाको विकास सँगै शारीरिक विकास र अनुशासनमा रहनु हो, दाहालले भने, ‘खेलकुदबाट अबको भविश्य सुनिश्चित छ, हामी यसमा अब्बल हुनु आववश्यक छ ।

प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहाल, क्याम्पस प्रमुख डा. सरोज कोइरालले प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका खेलाडीहरुलाई नगद पुरस्कारसहित पुरस्कार वितरण गरेका थिए ।

पृथ्वीनारायण क्याम्पसको आयोजना र विद्यार्थी कल्याण तथा खेलकदु शाखाको संयोजनमा प्रतियोगिता सम्पन्न भएको क्याम्पस प्रमुख प्रा.डा. कोइरालाले बताए ।

प्रतियोगितामा विजेता टिमहरुलाई क्याम्पस प्रमुख डा. सरोज कोइरालद्वारा मेडल र प्रमुख अतिथि दाहालद्वारा प्रमाण पत्र र ट्रफीले सम्मान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds