पोखरा। आश्चर्यजनक पुनरागमन गर्दै चर्च ब्वाइज युनाइटेडले ६ पटकको आहा रारा गोल्ड कप विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। पोखरा रङ्गशालामा जारी आहा रारा पोखरा गोल्ड कप अन्तर्गत शुक्रवार भएको खेलमा चर्च ब्वाइजले पुलिसलाई २-१ ले पराजित गरेको हो ।
पहिलो हाफको २५ औँ मिनेटमा पुलिसका निरकुमार राईको पासलाई सही दिशा दिँदै रवि शंकर पासवानले जाली चुमाउँदै १-० को अग्रता लिए।
तर, दोस्रो हाफको ७६ औँ मिनेट अर्थात् समय सकिन १३ मिनेट रहँदा अञ्जन विष्टले सुन्दर फिनिसिङ गर्दै जवाफी गोल फर्काउन सफल बने। यस अगाडी चर्च ब्वाइजकै एरिक विष्टले पोस्ट लक्षित गर्दै प्रहार गरेकोमा किपरले राम्रो बचाउ गरे।
अन्तिम समयमा पुलिसले पाएको फ्रि किकलाई लागि हेड मार्फत गोल गरे पनि त्यसलाई रेफ्रीले अफसाइड दिए।
दुवै टिमबाट बराबरी गोल पश्चात् थप भएको अतिरिक्त समयमा चर्च ब्वाइजले पाएको कर्नरलाई अनन्त तामाङले उत्कृष्ट गोल गर्दै चर्च ब्वाइजलाई २-१ को अग्रतामा ल्याए।
अन्तिम समयमा वान भर्सेस वानको स्थितिमा अञ्जन विष्टले बललाई पोष्टको दिशा दिएपनि किपर संजित श्रेष्ठले राम्रो बचाउ गरे।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते