विदेशबाट ल्याइने मोबाइल फोनमा तत्काल कडाई नगर्न प्रधानमन्त्रीको निर्देशन

विदेशबाट ल्याइने मोबाइल फोनमा तत्काल कडाई नगर्न प्रधानमन्त्रीको निर्देशन

Mobile

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न निर्देशन दिएका छन् ।

विदेशबाट आफ्नो पसिनाको कमाइबाट आफन्तका लागि ल्याइने मोबाइलमै कर र प्रतिबन्ध लगाइएको भन्दै व्यापक जनगुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले नेपाल दूरसञ्चार प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds