आयोजक साहारालाई १-० ले पराजित गर्दै धरानको बिजयी सुरूवात

आयोजक साहारालाई १-० ले पराजित गर्दै धरानको बिजयी सुरूवात

Dharanvs sahara

पोखरा। पोखरामा जारी २२ औँ आहारारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले बिजयी शुरुवात गरेको छ। बिहीबारदेखि पोखरा रंगशालामा सुरु भएको खेलमा धरानले आयोजक साहारालाई १-० ले पराजित गरेको हो।

पहिलो हाफको चौथो मिनेटमा नै पाएको फ्रिकिकलाई धरानका प्रकाश बुढाथोकीले सुन्दर गोल गर्दै साहारा विरुद्ध १-० को अग्रता लिन सफल बने । जुन गोल नै धरानलाई जीत निकाल्न निर्णायक बन्यो।

दोस्रो हाफमा आयोजक साहाराले केही अवसर सृजना गरेपनि नतीजा निकाल्न भने सकेन।

आयोजक साहाराले एक पटक उपाधि उचालेको छ भने, धरान फुटबल क्लब २०७५ र ७७ सेमिफाइनलमा पुगेको छ।

यस्तै, राष्ट्रिय टिमका खेलाडी अनन्त तामाङ सहारा वर्षोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् । उनलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र सहारा क्लब अध्यक्ष सुरज गुरुङले पुरस्कृत गरे ।

पुरस्कारको राशी ५० हजार ५ रुपैयाँ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ