पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु

पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु

pho

पोखरा । पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा कास्की जिल्ला व्याडमिन्टन संघको संचालन तथा व्यबस्थापनमा पोखरा रंगशालाको व्याडमिन्टन कोर्टमा उक्त प्रतियोगिता बुधबार देखि सुरु भएको संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताए ।

यही पुष १६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गरे । कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश राजधानि पोखरामा नवौं राष्ट्रिय खेलकुद सकिए पनि लगातार जसो विभिन्न खेलगतिविधिहरु भई रहेको बतए । मेयर आचार्यले अर्को बर्ष देखि उक्त प्रतियोगितालाई मेयर कपको रुपमा व्यबस्थापन गर्न सुझाव दिए ।

उक्त अवसरमा नवौं राष्ट्रिय खेलकुदमा कास्य पदक ल्याउने खेलाड तथा प्रशिक्षकलाई सम्मान गरिएको संघ कास्कीका सचिव फडिन्द्र प्रसाद तिमिल्सिनाले बताए । सम्मानित हुने खेलाडीहरुमा भूगोल गुरुङ, बिशाल खड्का, याम कुमारी गुरुङ र विधान अधिकारी रहेका छन भने प्रशिक्षकमा पुनम गुरुङ र नन्दु गुरुङ रहेका छन । त्यस्तै टिमका म्यानेजर इत्छा गुरुङ समेत सम्मानित भए । संघले खेलाडीहरुको टोलीलाई सम्मानको साथमा एक मुष्ट एक लाख ४० हजार बराबरको चेक दिएको हो । मेयर आचार्य, संघका अध्यक्ष श्रेष्ठ राखेप सदस्य राजेश कुमार गुरुङ लगायतले सम्मान गरेका हुन्।

प्रतियोगिता अन्र्तगत १२ वटा इभेण्टमा प्रतिष्प्रर्धा हुदै छ । चारवटा कोर्टमा विहिबार पनि बिहान देखि विभिन्न चरणका खेल संचालन हुने भएको संघले जनाएको छ ।

बुधबारको खेलमा खुल्ला पुरुष एकल तर्फ आर्मीका कविर केसी, एपिएफका क्षितिल खनाल, र कास्कीका भूगोल गुरुङ विजयी भएका छन्। त्यसै गरी पुलिसका पुर्ण बहादुर थापा, एपिएफका विजित थापा मगर, सुर्खेतका अनिल मल्ल, आर्मीका डेभिड थापा मगर, एपिएफका देभराज राना, एपिएफकै सुजन थापा, वुटवलका गणेश राईमाझी, कास्कीका विधान अधिकारी, एपिएफका रोशन साउद बुधबारको खेलमा जित हासिल गरेका छन्। त्यसै गरी बुधबार पुरुष एकल, महिला एकल सहितका विभिन्न विधामा पहिलो चरणको खेलहरु भएको थियो ।

प्रतियोगितामा काठमाण्डौं, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट ३ सय बढी खेलाडीहरु सहभागि भएको कोषाध्यक्ष हुम बहादुर गुरुङले बताए ।

प्रतियोगिताको खुल्ला पुरुष एकल तथा डवल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही ५० हजार उक्त इभेण्टमा दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ ।

प्रतियोगिता अन्र्तगत महिला एकल तथा डवल, मिक्स डवल, ३५ बर्ष माथिको डवल पुरुष उमेर समुह, ४५ बर्ष माथि डवल पुरुष, ५५ बर्ष माथि डवल पुरुष तर्फको बिधामा विजेता टोलीहरुले जनही ३० हजार, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष श्रेष्ठले बताए ।

जुनियर खेलाडीहरुको प्रोत्साहन गर्ने उद्धेश्यले १२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु—१२) र १७ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु—१७) पुरुष तथा महिला तर्फको विधामा प्रतिष्प्रर्धा हुने भएको छ । उक्त इभेण्टमा विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले भने ५ हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष श्रेष्ठले जनाए ।

प्रतियोगितामा एक बर्ष अघि वल्र्ड र्याङकीङमा नम्बर वान खेलाडी प्रिन्स दाहाल, नेपालको नम्बर वान खेलाडी नङसाल तामाङ लगायतका खेलाडीहरु सहभागि भएको सचिव तिमिल्सिनाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ