निवर्तमान प्रधानमन्त्री देउवाले छाडे बालुवाटार

निवर्तमान प्रधानमन्त्री देउवाले छाडे बालुवाटार

sherbahadur-deuba-pmm

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छाडेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सरेका हुन् ।

बूढानिलकण्ठस्थित निजी निवास हाल मर्मत भइरहेकाले उनी धुम्बाराहीस्थित भाडाको डेरामा सरेका उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

२०७८ असार २८ गते पाचौंपटक प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds