पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष बास्तोलाको निधन

पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष बास्तोलाको निधन

bishnu bastola

पोखरा । पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद बास्तोलाको निधन भएको छ ।

नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति एवं पोखरा महानगर वडा नं. ९ का पूर्व अध्यक्षसमेत रहेका बास्तोलाको बुधबार बिहान ४ः१५ बजे निधन भएको हो ।

उनको आजै अन्त्येष्टि गरिएकाे छ । उनको शवलाई नयाँ बजार स्थित निवासबाट बिहान १० बजेपछि शव यात्रा गरी तुलसीघाट लगिएकाे थियाे ।बास्तोला विगत ९ वर्षदेखि विभिन्न रोगबाट ग्रसित थिए । केहि समय अघिदेखि दुबै मिर्गौला खराब भएर डायलोसिस गराउँदै आएका बास्तोलाको आज विहान स्वास्थ्य अवस्था बिग्रिएर निवासमै निधन भएको परिवारले जनाएकाे छ ।

यसैबीच, पूर्व अध्यक्षकाे निधनमा शाेक मनाउँदै पाेखरा वडा नं. ९ कार्यालयकाे कामकारबाही बन्द गरिएकाे वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए ।

बास्तोला महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिको पनि पूर्व अध्यक्ष हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ