अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सव सुरु हुँदैछ । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ रेबान पोखराले विगत २३ वर्षदेखि गर्दै आएको सडक महोत्सवको २४ औं संस्करण आजदेखि सुरू हुन लागेकाे हाे ।
महाेत्सव १७ गतेसम्म पोखरा लेकसाइडको ३ किमी सडकमा महोत्सव आयोजना हुने रेबान पोखरा अध्यक्ष तथा महोत्सव संयोजक नरेश भट्टराईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पोखरालाई आन्तरिक तथा वाह्य पर्यटकको अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल रुपमा प्रवद्र्धन गर्न रेबानले महोत्सव गर्दै आएको छ ।
५ दिनसम्म चल्ने महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रर्दशन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ । महोत्सवमा छिमेकी देश भारतको पनि सांस्कृतिक कार्यक्रम महोत्सवमा समावेश गरिने भएको भट्टराईले बताए ।
महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवकै अवसरमा होटल संघ पोखराले २० प्रतिशत कोठामा छुट दिने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा देशका ७ वटै प्रदेशमा महोत्वसबारे प्रचारप्रसार गरिनेछ । अर्काे वर्ष रजत वर्षका अवसरमा सडक महोत्सवको छिमेकी देशसहित सार्क राष्ट्रमा प्रचार गर्ने योजना रेबानले बनाएको छ ।

सम्बन्धित खबर
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने