नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

griha

काठमाडौं । गृह मन्त्रालयले पहुँचका भरमा नियम विपरित व्यक्तिगत सुरक्षाकर्मी राख्दै आएका व्यक्तिहरुलाई ४८ घण्टाभित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ ।

मंगलबार मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै ४८ घण्टाभित्र नियम विपरित त्यस्तो सुविधा लिईरहेकाहरुलाई समय सिमा तोकिदिएको हो।

विज्ञप्तिमा लेखिएको छ, ‘कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखिएको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत निकायलाई निर्देशन गरिसकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिन हुन सबैमा अनुरोध छ ।’

सोमबारमात्रै गृह तथा उपप्रधानको जिम्मवारी राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले सम्हालेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds