२४ औं भदौरे पञ्चासे महोत्सव सम्पन्न

२४ औं भदौरे पञ्चासे महोत्सव सम्पन्न

bhadaure-panchase-mahotsab-24th

पोखरा। कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा पुष ९ गते देखि आयोजना भएको ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ सम्पन्न भएको छ। तमु ल्होसार, अन्नपूर्ण गाउँपालिका वडा स्तरिय फुटबल प्रतियोगिता, भेट्रान्स फुटबल प्रतियोगिता, मौलिक साँस्कृतिक प्रस्तुतीलगाएतका कार्यक्रमसहित महोत्सव सम्पन्न भएको हो ।

महोत्सव समापनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले आफुलाई सेवकको रुपमा निर्वाचित गराएको हुँदा विकास निर्माणका कार्यमा सेवककैरुपमा सक्रिय भएरै लागिरहने बताए । विगत देखिनै भदौरे फुटबल खेलमैदानमा प्यारापिटको आवश्यकता रहेको बताउँदै सांसद बरालले आवश्यक पहल गर्ने जनाए ।

अन्नपूर्ण गाउँपालिका वडा ४ का वडाध्यक्ष आइन्दल गुरुङले भदौरे विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुलाई प्रोत्साहन गर्नपनि उनले आग्रह गरे । त्यस्तै मौले चरचरे बन उपभोक्ता समूहका अध्यक्ष रुपेश गुरुङ, नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सहसचिव तारकाजी गुरुङ, महोत्वस संयोजक मनबहादुर गुरुङलगाएतले भदौरे गाउँको विकासलाई अगाडी बढाउन आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरि भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले महोत्सव भव्यरुपमा सम्पन्न गर्न साथ दिने सबैप्रति आभार व्यक्त गरे । साथै २०५५ सालदेखिनै युवाहरुलाई खेलप्रति आकर्षण गर्न भदौरे महोत्सवमा विभिन्न खेलहरु राखिदै आएको उनले जानकारी दिए। भदौरे गाउँको पर्यटन र खेलकुदको विकासका लागि भदौरे क्लबको भूमिका महत्वपूर्ण रहेको अध्यक्ष गुरुङले बताए ।

महोत्सवमा भएको फुटबल प्रतियोगितामा नौडाँडालाई हराउँदै भदौरे बिजेता बनेको छ। भदौरेले ३–१ गोल अन्तरले फाइनल खेलमा नौडाँडालाई पराजित गरेको हो। यो सँगै भदौरे बिजेता बन्दै नगद ५५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेता बन्दै नौडाँडाले नगद ३५ हजार रुपैयाका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरि धेरै गोलकर्ताका उपाधि भदौरेका सन्दीप गुरुङ, उत्कृष्ट गोलकिपर नौडाँडाका समिर सुवेदी र उत्कृष्ट खेलाडीको उपाधि भदौरेका बिशाल बिकले प्राप्त गरेका छन् । त्यस्तै मैत्रिपूर्ण भेट्रान्स फुटबल प्रतियोगितामा भने ढिकुरपोखरी बिजेता बनेको छ ।

महोत्सव तथा भदौरे गाउँको प्रचारमा भूमिका खेल्ने एक जना पत्रकारलाई सम्मान समेत गरिएको छ। प्रत्येक महोत्सवमा एक–एक जना पत्रकारलाई सम्मान गरिदै आएकोमा यस पटक पत्रकार राजु गिरीलाई गरिएको क्लबका अध्यक्ष जिबन गुरुङले जनाए । गिरीलाई नगद रु पाँच हजार, दोसल्ला र कदर पत्रले सम्मान गरिएको हो । पत्रकार गिरी गन्थन डटकमका समाचार प्रमुख हुन् ।

भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा भएको महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ