दाहाल नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रिपरिषद गठन, गृहमन्त्री बने रवि लामिछाने

दाहाल नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रिपरिषद गठन, गृहमन्त्री बने रवि लामिछाने

Mantri-mandal

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको छ। प्रचण्डले तीन जना उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।

एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् ।

एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बनेका छन् भने जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds