नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे

Prachanda

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह राखिएको छ। प्रधानमन्त्री प्रचण्डसँगै केही मन्त्रीले पनि आजै शपथ लिनेछन्।

सपथ ग्रहणलगत्तै सोमबार नै सानो मन्त्रिमण्डल पनि घोषणा हुने बुझिएको छ। केही महत्वपूर्ण मन्त्रालयमा एमाले र माओवादीले बाँडफाँड गरेर मन्त्रिमण्डल बनाउने गरी कसरत भईरहेको बुझिएको छ।

प्रचण्डलाई प्रतिनिधि सभाका १६९ जना सांसदको समर्थन रहेको छ।

कांग्रेससँगको सत्ता बाँडफाँडमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा नयाँ समीकरण बनेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ