पोखरामा बुधबार स्पेनको काथेरेन्यो र गण्डकी ११ बिचको ऐतिहासिक मैत्रिपूर्ण फुटवल खेल हुने तयारी अन्तिम चरणमा

पोखरामा बुधबार स्पेनको काथेरेन्यो र गण्डकी ११ बिचको ऐतिहासिक मैत्रिपूर्ण फुटवल खेल हुने तयारी अन्तिम चरणमा

321638380_5702584866503592_2273778288970552785_n

पोखरा । खेलकुदको शहर पोखरामा यही पुष १३ गते (बुधबार) स्पेनको काथेरेन्यो फुटवल क्लव र गण्डकी प्रदेश ११ बिच हुने ऐतिहासिक मैत्रिपूर्ण फुटवल खेलको तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना, कास्की जिल्ला फुटवल संघको सहकार्यमा हुने उक्त मैत्रिपूर्ण फुटवल खेलको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए ।

शान्तिका लागि फुटवल भन्ने नारा सहित नेपालको पोखरा र काठमाण्डौंमा गरी दुई ठाँउमा दुई दिने हुने उक्त ऐतिहासिक खेल खेल्न स्पेनको टोली आजको क्रिसमस पर्व मनाएसंगै भोलि (आइतबार) नेपाल तर्फ आउने भएको उनले जनाए । वल्र्ड कप र यूरो कपमा खेलेका खेलाडीहरु पोखरा र काठमाण्डौंको मैदानमा खेल्नु नै नेपालको लागि ठुलो उपलब्धी र ऐतिहासिक हुने महासचिव गिरीको भनाई छ ।

फुटवल खेलमा विश्वलाई नै आकर्षण गरेको स्पेनका रियलम्याड्रिड जस्तो टिमका चर्चीत खेलाडीहरु नेपालको पोखरा र काठमाण्डौंमा ल्याएर मैत्रिपूर्ण फुटवल खेलाउने आफुहरुको यो अभियान खेलाडीहरुको लागि प्रोत्साहन हुने महासचिव गिरीले जनाए । यस्ता अभियानले खेलाडी तथा खेलकुदको विकासमा थप टेवा पुग्ने उनले दाबी गरे । गण्डकी प्रदेशको सहयोगमा हुने उक्त मैत्रिपूर्ण फुटवल खेल अवलोकनको लागि भने निश्चित शुल्क लाग्ने भएको छ ।

स्पेनका पुर्व राष्ट्रिय खेलाडीहरु समेत संलग्न भएको स्पेनको बी डिभिजनको काथेरेन्यो फुटवल क्लवले बुधबार गण्डकी प्रदेश ११ संग पोखरा रंगशालामा दिउँसो २ः०० बजे पछि मैत्रिपुर्ण फुटवल खेल्ने तयारी गरेको उनले बताए । पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङको कप्तानीमा गण्डकी प्रदेशको टिमको तयारी भएको प्रशिक्षक राजेन्द्र तामाङले बताए । उनका अनुसार गण्डकीको टीमको हाल नियमित प्रशिक्षण पोखरामा भई रहेको भए पनि पछिल्लो तीन दीनको लागि भए पनि बन्द प्रशिक्षण हुने भएको छ । गण्डकीको टिममा राष्ट्रिय खेलाडी दिप कार्की, पूर्व राष्ट्रिय खेलाडी मनबहादुर तामाङ, एडिभिजनका खेलाडीहरुको छनौट भएको प्रशिक्षक तामाङले बताए । मैत्रिपूर्ण फुटवल खेलका लागि गण्डकीबाट छनौट भएका खन्य खेलाडीहरुमा रोशन रानामगर, राजाबाबु मगर, आसिस गुरुङ ,रन्दिप पौडेल,जिवन गुरुङ,सुमित श्रेष्ठ,सरोज योन्जन,बिसन गुरुङ, जय गुरुङ, कमल बहादुर थापा,विजय श्रेष्ठ,दिपेश आले मगर,शान्त बहादुर गुरुङ, लक्ष्मण रुचाल, सुवास गुरुङ र सुरज गुरुङ रहेका छन भने टिम म्यानेजरमा रोसन राना मगर रहेका छन् ।

वल्र्ड कप र यूरो कपमा खेलेका खेलाडीहरु ऐतिहासिक मैत्रिपुर्ण फुटवल खेल्न स्पेनबाट नेपाल आउने भएका छन्। यही पुष १३ गते (बुधबार) पोखरा रंगशालामा हुने मैत्रिपूर्ण फुटवल खेलमा सहभागि हुन स्पेनबाट वल्र्ड कप तथा यूरोकप खेलका जुलिओ सालिना, रुबेन दे ला रेद, मिचेल कार्रीलेरो लगायतका खेलाडीहरु आउने भएको स्पेनबाट वल्र्ड कप र यूरोकप खेलेका जुलियो भने पोखरा र काठमाण्डौंमा हुने मैत्रिपुर्ण फुटवल खेलेर हिमाल आरोहणमा लाग्ने भएका छन्। रुबेन रियल म्याड्रिडका पूर्व खेलाडी, २००८ को यूरोपक जिताउन योगदान दिएका खेलाडी हुन्। मिचेल स्पेनका पूर्व खेलाडी तथा केवेत राष्ट्रिय टिमका पूर्व प्रशिक्षक समेत हुन्। पोखरा आउने काथेरेन्यो फुटवल क्लवले स्पानिस किंङस कप(कोपा देल रेई) अन्र्तगत अबको खेल २०२३ को जनवरी ४ तारिखमा रियल म्याड्रिडसंग खेल्ने भएको छ ।

उक्त मैत्रिपूर्ण खेलको लागि खेलाडी, अफिसिलय, पत्रकार सहित ५२ जनाको टोली स्पेनबाट आइतबार नेपाल तर्फ आउने भएकोे फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले बताए । फाउण्डेसनका महासचिव एकराज गिरीले बुद्ध र सगरमाथा जोडेर आफुहरुले विदेशमा नेपालको नाम राख्ने विभिन्न अभियान गर्दै आएको बताए ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रञ्जितले यस्ता प्रतियोगिताले खेलकुद र खेलाडीहरुलाई प्रोत्साहन हुने बताए । यसैबिच, पुस १४ गते दशरथ रंगशालामा काठमाडौं–११ संग दोस्रो मैत्रीपूर्ण खेल हुने भएको छ । राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनको कप्तानि र मेघराज केसीको प्रशिक्षणमा काठमाण्डौं–११ को टिम तयारी हुदै गरेको पूर्व खेलाडी शुन्दर थापाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ