पूर्व मन्त्री एवम् बुद्ध एअरका संस्थापक बस्नेतको निधन

पूर्व मन्त्री एवम् बुद्ध एअरका संस्थापक बस्नेतको निधन

surendra

काठमाण्डौ । पूर्व मन्त्री एवम् बुद्ध एअरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । बुद्ध एअरले आज विज्ञप्ति निकालेर बस्नेतको निधन भएको जनाएको हो।

उनको आज बिहान ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बतायो।

भोजपुरको दिंगलास्थित साल्मामा वि.सं १९८४ साल साउन २७ गते जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए।

उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत बनेका थिए । उनी कानुन तथा न्याय, शिक्षा मन्त्री (२०२४) र अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५) पनि भएका थिए ।

७० वर्षको उमेरमा उनले बुद्ध एयर स्थापना गरेका थिए । हाल बुद्ध एयरको प्रबन्ध निर्देशकका रुपमा उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले सम्हालिरहेका छन् । बस्नेतका २ छोरा र १ छोरी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds