फ्रान्समा गोली चल्दा ३ जनाको मृत्यु, ३ घाइते

फ्रान्समा गोली चल्दा ३ जनाको मृत्यु, ३ घाइते

goli

काठमाडौं । फ्रान्सको एक सांस्कृतिक केन्द्रमा बन्दुकधारीले गोली चलाउँदा करिब ३ जनाको मृत्यु भएको छ।

मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। गोली लाग्दा तीन जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।

आक्रमणबारे अनुसन्धान भइरहेको छ। संदिग्धले दुई अलग घटनामा सन् २०१६ र सन् २०२१ मा पनि हत्या प्रयास गरेका थिए।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्समा हिंसात्मक अति दक्षिणपन्थी समूहहरूको खतराबारे बारम्बार चेतावनी दिएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds