पोखराको फोहोर अब लामेआहालमा फालिने

पोखराको फोहोर अब लामेआहालमा फालिने

fohor-1

पोखरा । पोखरा महानगरपालिकाले अब वडा नम्बर ३२ स्थित लामेआहालमा फोहोर व्यवस्थापन गर्ने भएको छ।

शुक्रबार पोखरा महानगरपालिका कार्यपालिकाको बैठकले नगर क्षेत्रबाट संकलित फोहोर अल्पकालीन रूपमा वडा ३२ स्थित रहेको लामेआहालमा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिक पोखरा–१४ बाच्छेबुडुवास्थित ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दै आएको थियो। तर अंग्रेजी नयाँ वर्ष (जनवरी १) बाट विमानस्थल सञ्चालन गर्न लागिएपछि महानगरले तत्कालका लागि लामेआहालमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो।

फोहोर व्यवस्थापनका लागि जग्गा खोज्न पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको संयोजकत्वमा समिति बनाइएको थियो। समितिले २१, २२ र ३३ वडामा प्रशोधन केन्द्र बनाउने गरि अध्यान गरेको थियो।

महानगरले फोहोर फाल्ने भनिएको उक्त ठाउँमा पहिरोले कटान गरेको ठूला खाल्डो छ। स्थानीयले पनि उक्त खाल्डो पुरिने हुँदा फाहोर फाल्न दिन सहमति जनाएका छन्। यसरी दोहोरो फाइदा हुने हुँदा महानगरले उक्त ठाउँमा फोहोर फाल्ने निर्णय गरेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ट्रेन्डिङ