पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यति र बुद्ध एयरको जहाज पहिलो पटक अवतरण

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यति र बुद्ध एयरको जहाज पहिलो पटक अवतरण

Airport

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार यति एअर र बुद्ध एअरले सफल परिक्षण उडान गरेको छ। यतिको नाइन एन एनसी र बुद्धको नाइन एन एमसी एटीआर ७२ जहाजले सफल अवतरण र उडान गरेका हुन्।

यतिले विमानस्थलको पूर्व र बुद्धले विमानस्थलको पश्चिम तर्फबाट अवतरण गरेको हो।

अवतरण पश्चात संचारकर्मीसँग कुरा गर्दै यति एअरका पाइलट प्रमोद पौडेलले नयाँ विमानस्थलमा अवतरणका लागि कुनै समस्या नभएको र विमानस्थल उत्कृष्ट बनेको प्रतिक्रिया दिए । उनले अवतरणको क्रममा पूर्व तर्फको रिठ्ठेपानीको डाँडो भने अति नजिक देखिएको बताए। पोखराको पुरानो विमानस्थलबाट ५ हजार २ सय फिट उचाईमा उडान भरी अवतरण गरेको जानकारी दिँदै उनले पोखरा उपत्यका सानो भएका कारण केही चुनौती रहेको जनाए।

निर्माण सम्पन्न भइ संचालनको तयारीमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नागरिक उड्डयन प्राधिकरणले अंग्रेजी नयाँ वर्षको जनवरी १ तारिखदेखि व्यवसायिक रूपमा आन्तरिक उडान गर्ने तयारी गरिरहेको छ ।

यसअघि एरो थाई एअरको जहाजले यान्त्रिक परीक्षण उडान गरेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds