पोखरा । हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।
रक्तदान कार्यक्रममा ८० पाउण्ड रगत संकलन गरिएको हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसका डाएरेक्टर श्री प्रचण्ड शक्ती गुरुङले जनाकारी दिए।
‘रक्तदान जीवनदान, जीवनदान महादान’ मूल नाराका साथ पुष ३ गते भएको उक्त कार्यक्रममा पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठनले निःशुल्क रगतको ग्रुप परिक्षण प्रदान गरेको थियो भने यस खुल्ला रक्तदान कार्यक्रम सफल पार्न पृथ्वीनारायण क्याम्पस बि.बि.ए स्पिएर र नेपाल युवा रेडक्रस सर्कल–हेम्जाको सहभागिता रहेको थियो।
डाएरेक्टर गुरुङका अनुसार यस कार्यक्रमका लागी ३ दिनसम्म हेल्प डेस्क संचालन गरी इच्छुक रक्तदाताहरुको नाम संकलन गरिएको थियो।
उक्त कार्यक्रम ओबेल रेष्टुरेन्ट एण्ड सुकुटि हाउस, म्याग्दी खाजा घर र पोखरा म.न.पा. वडा १ का वडासदस्य श्री राम्जी प्रसाद पौडेलको सहयोगमा सम्पन्न भएको हो।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते