पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ का जनप्रतिनिधिलाई ध्यानाकर्षण गराइएको छ । सोमबार पोखरा १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिना सहितको जनप्रतिनिधिहरुलाई नेकपा माओवादी केन्द्र पोखरा–१८ को एक समुहले सराङकोटको सार्वजनिक जग्गा संरक्षण गर्दै सार्वजनिक जग्गामा निर्माण हुनु पुर्व स्थानियहरुसंग छलफल र समन्वय गरेर मात्र अघि बढ्न आग्रह गर्दै ध्यानाकर्षण गराइएको हो ।
सराङकोटमा रहेको ५६ रोपनी जग्गा मध्येको करीब ५ रोपनी जग्गमा सराङ्कोट धार्मिक विकास समितिले शिव मन्दिर बनाएको र सराङकोटको टप भागमा कुनै व्यक्तिलाई अवैध रुपमा भौतिक संरचना बनाउन समितिले दिएको बिषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको नेकपा माओवादी केन्द्र पोखरा–१८ का अध्यक्ष पुर्णाखर तिमिल्सिनाले बताए । यस अघिका जनप्रतिनिधिहरुले पनि उक्त जग्गा भौतिक संरचना बनाउन दिन लाग्दा रोकेको दाबी गरेका उनले यस पटक स्थानिय, राजनीतिक दल तथा बुद्धिजीवीहरु बिच छलफल, समन्वय र सहमति बिना सार्वजनिक जग्गामा आफ्नो ढंगले भौतिक संरचना बनाउन दिएको बिषयमा वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुलाई उक्त कार्य तत्काल रोक्न आफुहरुले सुझाव दिएको अध्यक्ष पुर्णाखरले जनाए । आफुहरुको माग सम्बोधन नभए आन्दोलन नै गर्ने उनले चेतावनी समेत दिएका छन् ।
स्थानिय वडा सरकारले कुनैपनी राजनीतिक पार्टि, वडाबासिहरु, स्थानियबासीहरु, बौद्धिक व्याक्तित्वहरु नागरिक समाज वा सरोकारवाला सँग कुनै छलफल नगरी अहिलेको वडा सरकार र धार्मिक बिकास समिती सराङकोटको मिलेमतोमा ठुला व्यपारीहरुलाई गणेश मुर्ति बनाउनको लागि सराङकोट टपको जग्गा दिई उक्त व्यापारीले भौतिक संरचना निर्माणको काम अगाडी बढाई सकेको अध्यक्ष पुर्णाखरको आरोप छ । सार्वजनिक महत्वको बिषयमा निर्णय गर्ने भन्दा अगाडी वडा सरकारले वडा भित्रका वासीन्दा, बौद्धिक व्यक्तित्व, सामाजिक व्यक्तित्व र राजनीतिक पार्टीको वृहत भेला गराई उक्त भेलाबाट आएको सल्लाह र सुझाव अनुसार अगाडी बढ्न माओवादी केन्द्र पोखरा–१८ ले अनुरोध समेत गरेको छ ।
माओवादी केन्द्रले सराङ्कोट टपमा बनाउन सुरु गरीएको भौतिक संरचना तत्काल रोक्नको लागि विनम्र अनुरोध गरेको छ भने पोखरा १८ भित्रका स्थानिय वासीहरु बौद्धिक व्यक्तित्वहरु, सामाजिक व्यक्तित्वहरु र राजनीतिक पार्टीहरुको वृहत भेला गराई उक्त भेलाबाट आएको सल्लाह र सुझाव अनुसार अगाडी बढ्नको लागि आग्रह गरेको छ । सराङ्कोटबाट शिव मन्दिर सम्म लगेको मोटर बाटोले गर्दा सराङ्कोट आउने पर्यटन गाडी बाटनै सराङ्कोट टपमा पुग्ने र गाडिबाट फर्किने हुने भएको हुँदा सराङ्कोटको पर्यटन प्रवद्र्धनको लागि अरबौं लगानी गरी बनाएका होटल, रेष्टुरेण्ट वा अन्य पर्यटन व्यवसायीहरुको लगानी जोखिममा परेको हुँदा उक्त शिव मन्दिर सम्म पुग्ने मोटरबाटो तत्काल र सधैको लागि रोक्नको लागि माओबादी केन्द्रले आग्रह गरेको छ । अहिले बनाउन सुरु गरिएको ठूला व्यापारीहरुको प्रोजेक्टले भोली सराङ्कोटको पर्यटन प्रवद्र्धनमा ठूलो समस्या हुने अवस्था देखिएको छ जसको कारणले गर्दा सराङ्कोटको पर्यटनमा ठूला व्यपारीको कब्जामा परी वडा वासीहरुको उत्पादन र पर्यटनमा गरेको लगानी जोखिममा पर्ने हुनाले वडा सरकारको ध्यान केन्द्रित गराउन चाहेको अध्यक्ष पुर्णाखरले जनाए ।
सराङ्कोट धार्मीक विकास समितीको आप्mनो आम्दानी र खर्चको पारदर्शितामा स्थानिय स्तरबाट प्रश्न उठेको हुँदा वडा सरकारको पहलमा उक्त विकास समितिले आर्थिक पारदर्शिता, प्रकाशनिक पारदर्शिता भावी योजनाको पारदर्शिता तत्काल सार्वजनिक गराउन पहल गर्न, पोखरा १८ भित्रका सार्वजनिक जग्गा वडा सरकारले तुरुन्त संरक्षण गर्ने रणनिती लिई सार्वजनिक जग्गा संरक्षण गर्नको लागि साथै पूर्व गा.वि.स.ले वितरण गरेका घडेरी सम्झौता अनुरुप १५÷२५ का घडेरी कायम गराउनको लागि समेत माओबादी केन्द्रले अनुरोध गरेको छ । वडा बाट दिने सेवा र सुविधालाई सर्वशुलभ छोटो व्यवस्थीत गरी प्रविधीमैत्री बनाउन, पोखरा १८ भित्र रहेका नेपाल सरकारका सम्पन्न भईसकेका आयोजनाहरु र क्रमागत आयोजनाहरुको आम्दानी, खर्च र प्रगती विवरण सार्वजनिक गर्नको लागि अनुरोध गरेको अध्यक्ष पुर्णाखरले बताए ।
वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सराङकोटको टपमा हाल कसैले भौतिक संरचना नवनाएको यसमा आफुहरुसमेत सचेत भएको बताए । माओबादी केन्द्रले उठाएका केही मुद्धामा आफुहरु गम्भिर भएको बताउदै उनले अब छिट्टै सार्वजनिक सुनुवाई गराई सराङकोटको विकासमा जनहित हुने काम गर्ने जनाए ।
यसैबिच, सराङ्कोट धार्मिक विकास समितिका अध्यक्ष प्रेम बहादुर जिसीले सराङकोट क्षेत्रमा धार्मिक पर्यटनको गन्तव्य नै बनाउने गरी पन्चमुखी मुर्ति बनाउने अभियान सुरु गरेको बताए । युवा व्यवसायी कालु गुरुङको नेतृत्वमा उक्त मुर्ति बनाउने गरी उपसमिति समेत गठन गरिएको उनले जनाए । उनले भने “सरकाङकोटको विकासको लागि को कसरी कति बर्ष देखि लाग्यो त्यो बुझ्नु पर्छ कसैले हल्ला गरेको भरमा लाग्न हुदैन, हामीले गठन गराएको उपसमितिले राम्रो काम नगरे आज तत्काल खारेज गर्न पनि सक्छौं ।” अन्नपुर्ण केवलकारका अध्यक्ष समेत रहेका कालु गुरुङले विभिन्न दाताको खोजि गरी करिब ८ करोड मुल्य बराबरको उक्त मुर्ति बनाउने अभियानमा आफुहरु जुटेको अध्यक्ष जिसीले जनाए । सराङकोटमा हाल गणेश मन्दिर, सभाहल सहितका करौडौका भौतिक संरचना निर्माण भएको तथा भ्यू टावर निर्माणकै क्रममा रहेको उनले जनाए ।
सम्बन्धित खबर
पोखरा वडा नं. १५ मा तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न
पाकिस्तानका पूर्व प्रधानमन्त्री खान भ्रष्टाचार मुद्दामा दोषी ठहर, १४ वर्ष जेल
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
कांग्रेसको निष्कर्ष: एमालेसँग कुनै समस्या छैन, सरकार चलाउन कुनै अफ्ठेरो छैन
पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी
पोखरा वडा नं. १५ मा तेस्रो बृहत् खेलकुद महोत्सव सुरू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर