पोखरा। शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका भारतीय अभिनेता विवेक ओवराय सहित स–परिवार पोखराको घारीपाटनमा रहेको आव्या क्लबमा पुगेका छन् ।
सो क्लबका कार्यकारी निर्देशक किरण केसी र प्रबन्ध निर्देशक निरोज लामाले संयुक्त रुपमा ओवराय सहित स–परिवारलाई स्वागत गरेका थिए।
ओवरायले क्लबले गरेको आतिथ्यताको प्रशंसा गरे। आव्याले सञ्चालन गरेको फिटनेस, वेलनेस र रिक्रियसनको अवलोकन गर्दै ओवरायले पोखरामा यस्तो फिटनेस र स्वास्थ्यसँग सम्बन्धित क्लबले पर्यटकीय क्षेत्रमा बिशेष योगदान पुर्याउन सक्ने बताए।
‘पोखरा आफैमा पर्यटकीय हब हो, ओवरायले भने, ‘फिटनेस र स्वास्थ्यलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको आव्या क्लबले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई ठूलो टेवा दिइरहेकोे छ।’

उनले यस क्लब अन्तराष्ट्रिय स्तर सरहकै रहेको र यसले दिएको उत्कृष्ट सेवा सुविधाबाट आफु निकै प्रभावित भएको बताए।
ओवरायले आफूलाई मार्सी चामलको भात र मुस्ताङी दालको स्वाद निकै मन परेको उल्लेख गरे। उनी सहित स–परिवारले अहिलेसम्मकै उत्कृष्ट नेपाली खानाको वास्तिवक स्वाद लिएकोे बताए।
२०८९ साल बैसाख १ गतेबाट सञ्चालमा आएको उक्त कल्बमा बरुण खड्का,रोशन केसी , किरण केसी, प्रकाश केसी, विश्व गौतम, अशोक बहादुर मल्ल र निरोज लामा सञ्चालक समितीमा रहेका छन्।
योसँगै ओवरायले आज पोखराको सराङकोटबाट प्याराग्लाडिङ गरेका थिए भने यसअघि उनी पोखराको मझेरीपाटन स्थित हिमालयन गल्फ पुगी गल्फको मज्जा लिएका थिए।
यस्तै चाडै नै सञ्चालनमा आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पनि अवलोकन गरेका थिए।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने