पोखरा । नारायणगढ–मुग्लिन सडकखण्डमा आज मंगलबारदेखि दैनिक चार घण्टा घण्टा बन्द हुने भएको छ।
सडकखण्डमा पर्ने पुलहरुको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले एक महिनाका लागि सडक रोकेर काम गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन रोकिने छ। भौगोलिक रूपमा कठिन सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोकिने छ। मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्यांकरलगायत भारी सवारी साधनलाई भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ।
काठमाडौंबाट जाने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारी साधनलाई बेनीटारदेखि मस्र्याङ्दी पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ। काठमाडौंतर्फबाट जाने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरेनीमा बिहान १०ः४५ बजे रोकिने छ। एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने बताइएको छ।
नारायणगढ–मुग्लिन सडक खण्डमा २० पुल रहेका छन्। तीमध्ये पाँच पुल बनिसकेका छन्। बाँकी पुल बन्ने चरणमा रहेका छन्। आउँदो असारसम्ममा १० वटा पुल निर्माण सक्ने गरी कामअघि बढाइएको बताइएको छ । २०७६ साल चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। आउँदो ९ गते सम्झौताको अवधि सकिँदै छ। विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो। यस्तै, सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने बताइएको छ।
सम्बन्धित खबर
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते