पोखरा । रोट्याक्ट क्लब अफ पोखरा फिस्टेलले आफ्नो सिग्नेचर प्रोजेक्टको रूपमा रहेको पुस्तकालय व्यवस्थापन कार्यक्रम पोखरा ३३ मा रहेको चण्डी माविमा गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा वडा नम्बर ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले रोट्याक्ट क्लब अफ पोखरा फिस्टेल महिलाहरूको मात्रै क्लव भएर पनि सामाजिक रूपमा अग्रसर भएको र विद्यालयमा पुस्तकालय व्यवस्थापनको कार्यक्रम गरेर अन्य सबै संस्थाहरुले सिक्नुपर्ने सन्देश दिएको बताए ।
कार्यक्रममा समाजसेवी शिवप्रसाद चालिसेले आफ्नो ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गरे । उनले रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले सन् २०१२ देखि पुस्तकालय व्यवस्थापन कार्यक्रम गरेको कारण यसबाट प्रभावित भएर आफू र आफ्नो छोरा अशोक चालिसेले जन्मदिनमा पुस्तक दान गरेको बताए ।
कार्यक्रममा रोट्याक्ट डिष्ट्रिक्ट ३२९२ का एडीआरआर विश्व दर्शन पराजुलीले विद्यार्थीहरुले समयअनुसार परिमार्जित पुस्तकबाट ज्ञान हासिल गरेर आगामी दिनमा यसैगरी सामाजिक सेवामा लाग्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष एवं रोट्याक्ट क्लव अफ पोखरा फिस्टेल पूर्वअध्यक्ष बिमला भण्डारीले छोरीहरुलाई पनि नेतृत्व स्थापित गर्नलाई र समाजलाई योगदान दिनलाई आफूहरुले यस क्लबलाई स्थापना गरेको आजको दिनमा सामाजिक काम सँगसँगै हरेक क्षेत्रमा रोट्रयाक्ट फिस्टेलका महिलाहरु नेतृत्वमा पुगेकोमा आफूलाई खुशी लागेको बताइन्।
विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले यस क्लबले आफ्नो विद्यालयमा सहयोग गरेकोमा आफूलाई खुसी लागेको र युवाहरु विद्यार्थी भाइबहिनीहरुको पढाईप्रति चिन्तित भएर गरेको सहयोग आगामी दिनमा पनि यसैगरी अघि बढ्ने आशा व्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेकी रोट्याक्ट क्लव अफ पोखरा फिस्टेलकी अध्यक्ष डिम्पल क्षेत्रीले महिलामात्रै रहेको क्लबले सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय व्यवस्थापन, महिलामैत्री शौचालय व्यवस्थापन, विभिन्न सामाजिक कार्यहरु, महिला सशक्तिकरण कार्यक्रमहरु गर्दै महिलाहरु शक्ति हुन् भन्ने कुरा समाजमा स्थापित गर्ने हेतुका साथ अघि बढिरहेको बताइन् ।कार्यक्रमको संयोजन एवं कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक रोट्रयाक्टर शिला मल्लले गरेकी थिइन्।

सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने