पोखरा महानगर पार्किङ ठेक्का सात महिना अघि नै म्याद थप

पोखरा महानगर पार्किङ ठेक्का सात महिना अघि नै म्याद थप

parking

पोखरा । निजी कम्पनी फेवा सावित्री जेभीले पोखरा महानगरमा पार्किङ शुल्क उठाउन गरेको दुईवर्षे सम्झौता गुपचुप रुपमै चार महिनाका लागि थपिएको पाइएको छ।

महानगर स्रोतका अनुसार निवर्तमान मेयर मानबहादुर जिसीको कार्यकाल सकिनैलाग्दा ठेकेदार कम्पनीलाई २०७९ बैशाख २२ गते चार महिना म्याद थपिदिएको हो। म्याद थपिएको पत्रअनुसार अब फेवा, सावित्री जेभीले चैत मसान्तसम्म पार्किङ शुल्क उठाउन पाउनेछ।

कोरोना महामारीको कारण देखाउँदै उक्त म्याद थपिएको सम्झौतामा उल्लेख छ।

पोखरा महानगरले यसअघि वि.सं २०७७ मंसिर १४ गते महानगर भित्रको पार्किङ व्यवस्थापन संकलनका लागि उक्त कम्पनीसँग ठेक्का २ वर्षका लागि सम्झौता गरेको थियो।

पोखराका मेयर धनराज आचार्यले भने गत असारमै यस ठेक्काको म्याद सकिएपछि अब पार्किङ निशुल्क हुने घोषणा गरिसकेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds