सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–७ मा सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार भएको छ। गोली लागेर सोही गाउँपालिका ४ का ३० वर्षीय सुरेश साह घाइते भएका हुन्।
साह काभ्रपलान्चोक १५ नम्वर गणमा कार्यरत छन्। बिदामा घर आएका बेला उनीमाथि गोली प्रहार भएको हो। सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए। पाखुरामा एक गोली लागेर घाइते भएका साहलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साहसहित चार जनासँगै खाजा खाइरहेको बेला अचानक त्यही समूहका व्यक्तिले उनीमाथि गोली चलाएको थियो। २ जना फरार भएका छन् भने रामप्रवेश साहलाई नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ