बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?

बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?

mausam

पोखरा । देशका केही स्थानमा आज शनिबार बदली र हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds