पोखरामा वृद्धाहरूको गहना तथा नगद चोरी गर्दै हिड्ने पर्वतकी टिका पक्राउ

पोखरामा वृद्धाहरूको गहना तथा नगद चोरी गर्दै हिड्ने पर्वतकी टिका पक्राउ

Tika

पोखरा। वृद्धाहरुलाई फकाई फुलाई सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पोखराका विभिन्न स्थानबाट परिवारका अन्य सदस्य नभएको मौका छोपी वृद्धाहरूलाई फकाई फुलाई घाँटी तथा कानमा लगाएको सुनका गहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्वत जिल्ला मोदी गाउँपालिका -६ घर भइ हाल पोखरा महानगरपालिका -४ गणेश टोल बस्दै आएकी ३४ वर्षीया टिका श्रेष्ठ छिन्।

कास्कीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी ज्ञान बहादुर खड्काका अनुसार श्रेष्ठले चोरी गर्ने गरेको भन्ने उजूरीका आधारमा वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले चोरीका धनमाल सहित उनलाई पक्राउ गरेको हो।

उनीमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रवक्ता खड्काले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ